केन्द्रीय कानून पुस्तकालयको प्रमुख उद्देश्य नेपालमा कानूनी अनुसन्धान प्रणालीको सुदृढीकरण तथा प्रवर्द्धन गर्नु रहेको छ। उक्त उद्देश्य पूरा गर्न पुस्तकालयले विश्वसनीय कानूनी सूचना तथा शैक्षिक सहयोगको खोजीमा रहेका अनुसन्धानकर्ता, कानूनका विद्यार्थी तथा कानून व्यवसायीहरूका लागि एक महत्वपूर्ण स्रोत केन्द्रका रूपमा सेवा प्रवाह गर्दै आएको छ। साथै, यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका कानूनका पाठ्य सामग्रीहरूमा सहज पहुँच उपलब्ध गराई कानून तथा न्यायको क्षेत्रमा हुने अध्ययन, अनुसन्धान तथा व्यावसायिक क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।